Logo

पुण्य गौतममाथि रड प्रहारः टाउकोमा दर्जन टाँका, आइसीयुमा उपचार हुँदै



काठमाडौं, असोज २२ । युट्युब भाइरलम्यान पुण्य गौतममाथि आक्रमण भएको छ । उनलाई सोमबार राति सवा ९ बजेतिर जोरपाटीस्थित आफ्नै घर नजिक रड प्रहार गरिएको हो ।

अज्ञात व्यक्तिले टाउकोमा रड हानेर भागेको पारिवारिक स्रोतले जानकारी दिएको छ । घाइते गौतमलाई नेपाल मेडिकल कलेजको आइसीयूमा राखेर उपचार भइरहेको छ । गौतमका अनुसार आक्रमणकारी एक जना मात्र थिए र उनले चिनेनन् । रडे प्रहारले गौतमको टाउकोमा गहिरो चोट लागेको छ । बचाउने प्रयासमा उनको हातमा पनि चोट लागेको छ ।

उनलाई तत्काल स्थानीयले नेपाल मेडिकल कलेज, जोरपाटी पुर्‍याइएका थिए । जहाँ आकस्मिक कक्षमा टाउकोमा दर्जन बढी टाँका लगाइएको छ । टाउकाको नशामा रगत जमेकाले थप उपचारका लागि अहिले गौतमलाई आइसियुमा राखिएको छ । घटनाबारे प्रहरीको अनुसन्धान जारी छ ।



प्रतिक्रिया दिनुहोस्