Logo

दसैँमा यात्रा गर्दा सडकको संवेदशीलताप्रति सचेत हुन आह्वान



काठमाडौँ, २२ असोज । सुशील कोइराला मेमोरियल फाउन्डेसनले यस वर्ष नेपालीको महान् चाड बडादसैँको मुखमा परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरोले सडकमा क्षति पुगेकाले सचेत भएर यात्रा गर्न आह्वान गरेको छ ।

फाउन्डेसनका अध्यक्ष एवं नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइराला र सदस्य सचिव अतुल कोइरालाले सोमबार जारी गरेको विज्ञप्तिमा पर्वका अवसरमा यात्रा गर्दा सडकमा पुगेको क्षतिका कारण संवेदनशील हुन अनुरोध गरेको हो । असहज अवस्थामा कम यात्रा गर्न, मितव्ययी बनी चाड मनाउन फाउन्डेसनले सबैमा आह्वान गरेको छ ।

फाउन्डेसनले सांस्कृतिक पर्वलाई संवेदनशील, सद्भावना, कम यात्रा र लागत प्रभावकारी रूपमा मनाउन जिम्मेवार नागरिकमा अनुरोध गरेको हो । फाउन्डेसनले नेपाल तथा नेपाल बाहिर रहेका सबै दिदीबहिनी तथा दाजुभाइमा बडादसैँको शुभकामनासमेत व्यक्त गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्