Logo

शक्तिपीठमा दर्शनार्थीको घुइँचो



काठमाडौं, असोज २२ । देशभरका शक्तिपीठहरुमा यत्तिखेर भक्तजनको भिड लागेको छ। घटस्थापना पछि नवदुर्गाका नौ रूपको पूजा गर्ने गरिन्छ। यसैकारण देशभरका शक्तिपीठहरुमा दर्शनार्थीहरुको घुइँचो बढेको हो ।

उपत्यकाको गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिका स्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहित दुर्गाका शक्ति पीठमा पनि पूजा आराधना गर्न यत्तिखेर भक्तजनहरुको बाक्लो भीड लागिरहेको छ ।

नवरात्रका अवसरमा शक्ति पीठमा पुगी पूजा आराधनासहित देवीको दर्शन गरेमा मनोकाङ्क्षा पूरा भई वर्षभरका लागि शक्ति प्राप्त हुने विश्वास गरिन्छ । मान्यताअनुसार सतीदेवीको अङ्ग पतन भएको स्थान नै शक्तिपीठ हो। भगवानको स्त्री स्वरूपलाई शक्ति मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्