Logo

राष्ट्रपति र उपराष्ट्रपतिद्धारा दसैँको शुभकामना व्यक्त



काठमाडौं, असोज २४ । राष्ट्रपति रामचन्द्र पौडेलले दसैँ पर्वको संरक्षण एवं संवर्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। आज एक शुभकामना संन्देश जारी गर्दै उनले बडादसैँले सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थपोस् भन्ने कामना गरेका छन् ।

यस पर्वले नेपालीलाई आआफ्नो क्षेत्रबाट न्याय र समानतासहितको आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्‍भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पु¥याउने उनको विश्वास रहेको छ ।

शुभकामना सन्देशमा उनले भनेका छन्, “हाम्रो मुलुकमा परम्परागत रूपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका चाडपर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबिच रहेको मौलिकतालाई थप सुदृढ गर्नुका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महìवपूर्ण योगदान गरिरहेका छन् ।”

यसैबिच उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि दसैँको शुभकामना दिँदै यस पर्वले नेपालीबिच सामूहिकता र एकतालाई बढावा दिनुका साथै व्यक्तिको मन, वाणी र कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार गर्ने भावनाले अभिप्रेरित गर्ने गरेको बताएका छन् ।
उनले व्यक्तिमा असल संस्कार, व्यवहार र सामाजिकताको पृष्ठपोषण गर्न विजयादशमीले सघाउ पुग्ने विश्वाससमेत व्यक्त गरेका छन् । उनले सन्देशमा भनेका छन् “विजयादशमीले सम्पूर्ण मानव जातिलाई अन्याय, अत्याचार तथा असत्यको मार्ग छाडेर सदैव न्याय, सदाचार र सत्यपथमा हिँड्न उत्प्रेरित गर्न सकोस् । यो पर्वले समाजमा चेतनशीलता र सजगता ल्याउँदै सबैलाई मन वचनबाट सुकर्म गर्न र मस्तिष्क हृदयबाट कुविचार परित्याग गर्न सघाउ पुगोस् ।”



प्रतिक्रिया दिनुहोस्