Logo

एमाले सचिवालय बैठक बस्दै



काठमाडौं, असोज २४ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सचिवालय बैठक बोलाएका छन् । बैठक आज पार्टी कार्यालय च्यासलमा बस्ने अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

बैठकमा छलफलका धेरै एजेन्डा तय नभए पनि दसैँको सामान्य शुभकामना आदानप्रदानका साथै बाढी पहिरोमा पार्टी र सरकारले खेलेको भूमिकाबारे छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस्