Logo

भोली अष्टमी र नवमी एकै दिन



काठमाडौं, असोज २४ । यसपटक अष्टमी र नवमी एकै दिन अर्थात् शुक्रबार परेको छ । त्यसैले एकै दिन दुई देवीको पूजा हुन्छ । ‘महाअष्टमी तथा महानवमी एकै दिन परेकाले कसरी पूजा गर्ने भन्नेमा कतिपयलाई व्यावहारिक कठिनाइ पनि परेको देखिन्छ । आ–आफ्नो चलनअनुसार पूजा गर्न सकिन्छ,’ अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिका सभापति डा. माधव भट्टराईले भने ।

महाअष्टमीको रात शक्तिपीठहरूमा कालरात्रिको विशेष पूजा हुन्छ । त्यस्तै, महानवमीमा सिद्धिधात्री देवीको पूजा हुन्छ । ‘हामीले गरेका सम्पूर्ण कर्मलाई सिद्धि दिने काम देवीले गर्ने भएकाले उहाँको उपासना गर्ने गरिन्छ,’ रिजालले भने ।



प्रतिक्रिया दिनुहोस्