Logo

देशको विकास एमालेबाट मात्रै सम्भव भएको लेखराज भट्टको दाबी, राम्रा कामको प्रचार नभएको गुनासो



काठमाडौं, २४ असोज । नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री लेखराज भट्टले एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामको प्रचार नभएकोमा दुःखेसो पोखेका छन् । उनले देशको विकास एमालेबाहेक अरुबाट सम्भव नभएको दाबी गरे । प्रेस चौतारी नेपाल कैलालीले आज (बिहीबार) आयोजना गरेको दशैंको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सुदूरपश्चिम प्रदेशको विकासका लागि पनि एमालेको नेतृत्व आवश्यक भएको बताए । उनले भने,‘गेटा मेडिकल कलेज, सुख्खा बन्दरगाह, दैजी छेला औद्योगिक क्षेत्र एमालेको उठाएका एजेन्डा हुन् हामी ती योजनाहरूलाई पुरा गरेर प्रदेशमा मात्रै होइन देशमा विकासको गति दिन चाहन्छौँ, तर हामीले गरेका राम्रो कामहरूको प्रचार हुन सकिरहेको छैन ।’



प्रतिक्रिया दिनुहोस्