Logo

प्रधानमन्त्री चाहिएको भए छोडिदिन्छु भनेर मैले केपी ओलीलाई तीन चोटि भनेको थिएँ : प्रचण्ड



काठमाडौं, २४ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेसँग पछिल्लो समय गठबन्धन गरेर गल्ती गरेको महशुस गरेका छन् । हिजो (बुधबार) काठमाडौंमा आयोजित सम्पादकहरुसँगको अन्तरक्रियामा प्रचण्डले एमालेसँग गठबन्धन गर्दाको नियत सफा भएपनि अध्यक्ष केपी शर्मा ओलीबाट धोका भएको सुनाएका हुन् ।

उनले ओलीले कांग्रेससँग ७ बुँदे सहमति गरिसकेको अवस्थामा पनि आफूसँगको भेटमा स्वर्ग र नर्क सँगै जाने कुरा गरेको विषयमा भने गम्भीर भनाई राखे । उनले प्रधानमन्त्री नै चाहिएको भए आफूले छोडिदिन्छु भनेर ओलीलाई तीन चोटी भनेको पनि स्मरण गराए ।

उनले भने,‘फेरि यो गठबन्धन भत्काउँदा जनतामा ठूलो असर पर्छ, यसैपनि नेताहरुलाई लिएर जनतामा वितृष्णा छ, तपाईंलाई प्रधानमन्त्री चाहिएको हो भने म दिन्छु भनेको थिएँ । होईन, मलाई चाहिएको होईन भन्नुभयो । त्यहीबेलामा हो उहाँले स्वर्ग र नर्क सँगै जाने कुरा गरेको । कांग्रेस र एमाले मिल्दैछन् भन्ने कुराको सूचना थियो । कहाँ कहाँ भैराखेको छ भन्ने पनि सूचना थियो । उहाँले केही हुँदैन है, कांग्रेसजस्तो दलाल र फटाहा पार्टीलाई भन्नुभयो, मैलेजत्ति कसले भोगेको छ भन्नुभयो । अब म चुकेको त्यहीँ हौ । तपाईंहरुले हेरिराख्नुभएको छ ।’ file photo



प्रतिक्रिया दिनुहोस्