Logo

यसवर्ष परिवारका सदस्यहरुसँगबाहेक अरुसँग टीका नलगाउने कार्यक्रम राखिएको छैन् : प्रधानमन्त्री ओली



काठमाडौं, २५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले यसवर्ष परिवारका सदस्यहरुसँग बाहेक अरुसँग टीक लगाउने कार्यक्रम रद्द गरेका छन् । प्राकृतिक विपद्ले दिएको पीडाबाटमुक्त हुन केन्द्रित हुनुपर्ने भएकाले यसपालि विजया दशमीको टीका उल्लासपूर्ण नहुने प्रधानमन्त्री ओलीको भनाई छ ।

उनले फेशबुकमा भिडिओ सन्देश जारी गर्दै भनेका छन्-

प्राकृतिक विपद्ले दिएको पीडाबाट मुक्त हुन केन्द्रित हुनु पर्ने भएकाले पहिलेका वर्षहरूमा जस्तो यसपाली विजया दशमीको टीका उल्लासपूर्ण हुने छैन। परिवारका सदस्यहरुसँग बाहेक यसपटक टीका लगाउने कार्यक्रम राखिएको छैन ।
सबैलाई बडादशैंको शुभकामना १
जय होस्, मङ्गल होस्।



प्रतिक्रिया दिनुहोस्