Logo

भारत र क्यानडाबीच सम्बन्ध चिसियो, एक अर्काका कुटनीतिज्ञ निश्काषनमा प्रतिष्पर्धा



काठमाडौं, २९ असोज । क्यानडा र भारतबीच सम्बन्ध चिसिएको छ । दुई देशबीच एक वर्षअघिको घट्नालाई लिएर अहिले सम्बन्ध चिसिएको हो । अहिले दुवै देशले एक अर्काका कुटनीतिज्ञ निस्कासन गरेका छन्। गत वर्ष क्यानडामा खलिस्तानी पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्या भएको थियो ।

सो हत्या प्रकरणमा क्यानडाले भारतीय कुटनीतिज्ञको भूमिका रहेको दाबी गर्दै आएको छ । र, हत्या प्रकरणमा पटक पटक आग्रह गर्दापनि अनुसन्धानमा भारतले नसघाएको क्यानडाको आरोप छ । तर, भारतले भने क्यानडाले लगाएको आरोपको पूरै अस्विकार गरेको छ । भारतले क्यानडाको वर्तमान सरकारले भोटको राजनीति गरिरहेको आरोप लगाएको छ ।

हालैमात्रै भारतले क्यानडाका उच्च आयुक्तसहित ६ जना कुटनीतिज्ञहरूलाई निस्कासन गरेको भनेर विदेश मन्त्रालयमार्फत विज्ञप्ती जारी गरेको छ । भारतले हिजोमात्रै क्यानडामा रहेको आफ्नो हाई कमिश्नर सञ्जयकुमार बर्मालाई फिर्ता बोलाएको छ । file photo



प्रतिक्रिया दिनुहोस्