Logo

कांग्रेस एमाले नेतृत्वको सरकार बनेपछि अर्थतन्त्रमा सुधार हुन थाल्यो : शंकर पोख्रेल



काठमाडौं, २९ असोज । सत्तारुढ नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले कांग्रेस र एमाले नेतृत्वमा नयाँ सरकार गठन भएपछि मुलुकको अर्थतन्त्रमा सुधार हुन थालेको दाबी गरेका छन् । गृहजिल्ला दाङ पुगेका पोखरेलले तुलसीपुरमा आयोजित पार्टीका अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले राजनीतिक अस्थिरता भएकै कारण कांग्रेससँग मिलेर एमालेले सरकार बनाएको स्पष्ट पारे । अब विकास र समृद्धिले गति लिन थालेकोले यो गति निरन्तर बढ्ने उनको दाबी छ । उनले देशको विकासको लागि सबै दल मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । file photo



प्रतिक्रिया दिनुहोस्