Logo

आजदेखि मनकामना केबलकार ३ दिन बन्द हुने



काठमाडौं, २९ असोज । आजबाट मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ। मर्मतसम्भारका लागि आजदेखि आगामी कात्तिक १ गतेसम्म केबलकार बन्द गरिने मनकामना दर्शन प्रा.ली.ले जानकारी गराएको छ ।

मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि असोज २९, ३० र कात्तिक १ गतेसम्म तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनकाअनुसार केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा आउनेछ।



प्रतिक्रिया दिनुहोस्