Logo

काम नगर्ने किचलो झिक्नेको किचकिच एक/दुई/तीन सहिन्नँ : गोकुल बाँस्कोटा



काठमाडौं, ३० असोज । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले काम नगर्ने तर किचलो झिक्नेको किचकिच नसहने टिप्पणी गरेका छन् ।

प्रायः सामाजिक सञ्जालमा सक्रिय नेता बाँस्कोटाले जुनसुकै पार्टीबाट एमालेमा मानिसको प्रवेश स्वागतयोग्य हुने भएपनि ती पार्टीमा रहँदा कुडाकर्कट भैसकेको मान्छे ल्याउनु नदुखेको कपालमा डोरी लगाएर दुखाउनु र तीनका नयाँ नोक आँफै हुनुबाहेक कुनै उपलब्धि नहुने बताएका छन् ।

कसैले ती मान्छे ल्याएर उपलब्धि हुन्छ भनेको भए ‘सुन्निएर मोटाउनुजस्तै’ हो भन्ने उनको भनाई छ । पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालका केही सांसदहरुलाई पार्टीमा भित्र्याउन होमवर्क गरेको चर्चा छ ।

कतिपय एमाले नेताहरुले वामदेव गौतमलाई पार्टीमा ल्याउन लागेको भनेरपनि चर्चा गरेको सन्दर्भमा नेता बाँस्कोटाको यस्तो टिप्पणी आएको हो ।



प्रतिक्रिया दिनुहोस्