Logo

सुनको मूल्यः प्रतितोला दुई हजारले बढ्यो



काठमाडौँ, २ कात्तिक । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो ।

महासङ्घका अनसार सुनको मूल्य आज प्रतितोला दुई हजारले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक लाख ६२ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६४ हजार चार सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा ३० ले बढेको छ । बिहीबार प्रतितोला एक हजार नौ सय ५० मा कारोबार भएको आजका लागि भने एक हजार नौ सय ८० निर्धारण भएको छ । रासस



प्रतिक्रिया दिनुहोस्