Logo

म्याद थपका लागि छविलाललाई अदालत लगियो, रविबारे पर्ख र हेरको रणनीतिमा प्रहरी



काठमाडौं । सहकारी ठगी प्रकरणमा १ महिनादेखि प्रहरी हिरासतमा रहेका पूर्वडीआइजी छविलाल जोशीलाई म्याद थपका लागि अदालतमा लगिएको छ ।

अदालतले दिएको म्याद सकिएपछि कास्की प्रहरीले जोशीलाई अदालतमा उपस्थित गराएको हो ।

गत असोज ६ गते उपत्यका अपराध अनुसन्धान कार्यालयले जोशीलाई काठमाडौंबाट पक्राउ गरी जहाजमार्फत पोखरा ल्याइएको थियो । जिल्ला अदालत कास्कीका ७ न्यायाधीशमध्ये एक जना मात्रै हाजिर भएका छन्।

शुक्रबार अदालतमा न्यायाधीश कृष्णजंग शाह मात्रै हाजिर भएका हुन्।बाँकी न्यायाधीशहरू दसैं बिदा पछि फर्किएका छैनन्। शाह भने शुक्रबार नेपालगन्जबाट फ्लाइटमा कास्की पुगेका हुन्।

यता सहकारी ठगीमा जोडिएका रास्वपाका सभापति तथा पूर्वडीआइजी जोशीका व्यापारिक साझेदार रवि लामिछानेको हकमा भने प्रहरी पर्ख र हेरको रणनीतिमा रहेको छ । रविविरुद्ध आज पक्राउ पूर्जी जारी गरेर पक्राउ गर्ने तयारी भएको हल्ला चलेपनि हालसम्म त्यसको संकेत देखिएको छैन् । आज बिहान बसेको प्रतिपक्षी दलको बैठकमा समेत रवि पक्राउ पर्नसक्ने चर्चा चलेको थियो ।



प्रतिक्रिया दिनुहोस्