Logo

महन्थ ठाकुरको द्वैध चरित्र : हिजै विपक्षी दलहरुको बैठकबारे सूचना थियो, आजको बैठकमा सरकारको आलोचना गरेपछि झुक्याएको भनेर ढाँटे



काठमाडौं, २ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सत्ता पक्षका नेता हुन् । तर, उनी मुख्य विपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले बोलाएको आजको बैठकमा सहभागी भएपछि राजनीति तातिएको छ । ठाकुर बैठकमा सुरुवातमै सहभागी भएर अन्तिमसम्म बसेका छन् ।

बैठकमा विपक्षी दलहरुको सहभागिता थियो । प्रचण्डले पनि त्यहीअनुसार ब्रिफिङ गरे । बोल्ने क्रममा पनि सरकारको आलोचना भयो । साना दलमाथि अध्यादेश ल्याएर फुटाउने षड्यन्त्र गरिएको भनेर चर्चा भयो । बैठकमा सत्ता पक्षकै अर्को दल नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठपनि सहभागी भईन् । उनी भने ढिलोगरि बैठकमा सहभागी भएकी थिईन् । उनी पुग्दा करिब बैठक सकिएको थियो । बैठक सकिएलगत्तै ठाकुरको सचिवालयले भने प्रचण्डले झुक्याएर बोलाएको प्रतिक्रिया दियो । जुन ठाकुरको सचिवालयको द्वैध चरित्र हो ।

प्रचण्डले विपक्षी दलहरुको बैठक बोलाएको कुरा हिजो साँझबाट नै समाचार प्रवाह भएको थियो । आज विहान बैठक सुरु हुनुअघिपनि विपक्षी दलहरुको बैठक बोलाईएका समाचार मूलधारका अनलाईनमा नै प्रकाशित भएका थिए । ठाकुर बैठकमा सहभागी भएर नबोकिन बसेका थिएनन् । उनले आफ्नो पार्टीका माग र मुद्दा सम्बोधन नभएको भन्दै सरकारमाथि खनिएका थिए । बैठकमा सहभागी आम जनता पार्टीका अध्यक्ष प्रभु साहले ठाकुरले सरकारको आलोचना गरेका थिए । र, विभिन्न आन्दोलनको क्रममा पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताहरुको राजबन्दी रिहा नभएको विषयमा सरकारको आलोचना गरेका थिए ।

तर, बैठक सकिएपछि भने गलत मनशायले ठाकुरको सचिवालयले प्रचार गरेको छ । आजको विपक्षी दलहरुको बैठकमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहलाई पनि निम्तो थियो । सिंहले फोनमार्फत आफ्नो नैतिक समर्थन रहेको कुरा प्रचण्डलाई जानकारी गराएका थिए । सिंहले पनि प्रधानमन्त्री ओलीलाई नै विश्वासको मत दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्