Logo

रवि लामिछाने पक्राउको हल्लाबीच घण्टीघरमा रास्वपाका कार्यकर्ताहरु भरिए, मिडियापनि बाक्लै



काठमाडौं, २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्ने हल्लाबीच रास्वपाको मुख्यालय घण्टीघरमा मानिसहरुको भीड लागेको छ । रास्वपाका नेताहरुले नै कार्यकर्ताहरुलाई घण्टीघरमा भेला हुन उर्दी जारी गरेपछि अहिले चमतिस्थित् पार्टी कार्यालयमा कार्यकर्ताहरुको उपस्थिति बाक्लिएको छ ।

काँस्की प्रहरीले आजै अदालतबाट अनुमति लिएर लामिछानेलाई पक्राउ गर्ने समाचार बाहिरिएका छन् । यसअघि सभापति लामिछानेसहितका आधा दर्जन नेता विपक्षी दलहरुको बैठकमा सहभागी हुन नयाँबानेश्वरस्थित् संसद् भवन पुगेका थिए । सो बैठक सकिनेबित्तिकै लामिछाने उपसभापति डिपी अर्यालको गाडीमार्फत पार्टी कार्यालय पुगेका थिए । अहिले घण्टीघरमा रवि पत्नी निकिता पौडेलपनि भेला भैसकेको जनाईएको छ ।

तस्विर : उत्तम पन्त/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्