Logo

रवि पक्राउ गर्न सिआईबीका एसपी बोगटी घण्टीघरमा पुगे



काठमाडौं, २ कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ गर्न अदालतको अनुमति पाएपछि सिआईबीको टोली रवि लामिछानेलाई पक्राउ गर्न रास्वपाको मुख्यालय घण्टीघर पुगेको छ ।

सिआईबीका एसपी होविन्द्र बोगटी यतिवेला अदालतको पक्राउ पुर्जी लिएर लामिछानेलाई पक्राउ गर्न रास्वपाको मुख्यालय वनस्थली पुगेका हुन् । उनलाई आजै पक्राउ गरेर कास्की लैजाने प्रहरीको तयारी छ । Photo By: Uttam Panta/RN



प्रतिक्रिया दिनुहोस्