Logo

प्रधानमन्त्री ओलीलाई ‘घुस्याहा’ को संज्ञा दिँदै रास्वपा नेताले मागे राजीनामा



काठमाडौं, २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुस्याहाको संज्ञा दिएका छन् । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी केन्द्रीय कार्यालय घण्टीघरमा आएसँगै उनले प्रधानमन्त्री ओलीविरुद्ध आक्रोश पोखेका हुन् ।

उनले निर्दोषलाई झोस्ने र दोषीलाई पोस्ने काम बन्द गर्न माग गर्दै प्रधानमन्त्री ओलीको राजीनामासमेत मागेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्ः

दोषी जति उम्काउने, दोषीसँग आफै करोडौंको उपहार लिने । निर्दोषलाई जबरजस्ती फसाउने । यस्तो निर्लज्ज सरकार, यो सरकार होइन सरकारको नामको जनघाती कलङ्कहरूको गठबन्धन हो। निर्दोषलाई जबरजस्ती फसाउने अराजनीतिक चरित्रका विरुद्ध घोर भर्सना गरौं।

रास्वपा सभापति विरुद्ध पक्राउ पुर्जी जारी गर्न दशैंअघिदेखि निरन्तर प्रयास गरेको सरकार प्रमाण नपुग्ने भन्दै अदालतबाट बारम्बार रितो हात फिर्ता आएको थियो। सबैतिरको सेटिङ मिलाइसकेपछि आज बिना आधारको पक्राउ पुर्जी लिएर रवि लामिछाने लाई लिन भन्दै प्रहरीहरू सहर यस्तै त रहेछ हामीले भनेर नहुने भन्दै आइपुगे।

के गर्नु ? नेताको नामका देशका कलङ्कहरूको आदेश जो छ । निर्दोषहरूका न्यायका लागि अब यो देशमा आन्दोलन अगाडि बढ्नेछ। अब पोखराबाट न्यायको निम्ति लडाई सुरु हुनेछ। न्यायप्रेमी जनप्रतिमी देशप्रेमी साथीहरु पोखरा आउनलाई तयारी गर्नुहोला।

सहकारी पीडितहरूलाई न्याय दे । निर्दोषलाई झोस्ने, दोषीलाई पोस्ने नाटक बन्द गर। उपहारको नाममा दोषीसँग करोडौंको घुस लिने घुस्या राजिनामा दे।



प्रतिक्रिया दिनुहोस्