Logo

सूर्य थापाको रवि लामिछाने लक्षित व्यङ्ग्य-‘कलाविहीन नयाँ नाटक मञ्चन भइरहेको छ’



काठमाडौं, ३ कात्तिक । सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित विशेष संसदीय समितिका सभापति सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पक्राउ परेका त्यसका सभापति रवि लामिछानेप्रति समाजिक सञ्जालमार्फत व्यङ्ग्य गरेका छन् ।

रास्वपाले पार्टी सभापति रवि लामिछाने पक्राउ प्रकरणलाई ‘प्रतिशोध’ बताएपछि यसप्रति व्यङ्ग्य गर्दै सभापति थापाले यसलाई ‘कलाविहीन नाटक’ भनेका छन् । उनले फेसबुकमा लेखेका छन्, “क्लिन चीट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै कलाविहीन नयाँ नाटक मञ्चन भइरहेछ ‘प्रतिशोध’ । सुपरफ्लप हुने बाटो प्रतिक्षा गरौँ ।”

थापा नेतृत्वकै समितिले रविमाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो । समितिको प्रतिवेदनमा रवि व्यक्तिगत रूपमा दोषी नदेखिए पनि संस्थागत रूपमा उन्मुक्ति दिन नहुने उल्लेख थियो । त्यसकै आधारमा रवि शुक्रबार साँझ काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छ राखिएको छ । उनलाई भोली आइतबार म्याद थपका लागि अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।



प्रतिक्रिया दिनुहोस्