काठमाडौं, ३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिवेला कास्की प्रहरीको हिरासतमा छन् । सिआईबीको टोलीले हिजो (शुक्रबार) साँझ पौने ७ बजे रविलाई काठमाडौंस्थित् पार्टी मुख्यालय, वनस्थलीबाट पक्राउ गरेको हो । पक्राउ परेलगत्तै लामिछानेलाई सडकमार्ग हुँदै पोखरा लगिएको हो ।
प्रहरीले पक्राउ पुर्जी थमाउँदै गर्दा र लामिछानेले त्यसमा हस्ताक्षर गर्दै गर्दा भने माहोल भावुक बनेको थियो । उनी पक्राउ पर्नुअघि नै श्रीमती निकिता पौडेल पार्टी कार्यालय पुगेकी थिईन् । लामिछाने पक्राउ पुर्जीमा हस्ताक्षर गर्दैगर्दा निकितापनि सँगै थिईन् ।
रास्वपा समर्थति पेज जय घण्टीमा प्रेषित भिडियोमा रविले निकितालाई अंकमाल गर्दै आफूले अपराध नगरेको भन्छन् । अनि त्यो कुरा तिमीलाई पनि थाहा छ नि भनेर निकितालाई भन्दा माहोल भावुक बनेको थियो । त्यसअघि उनले आफू बाँचे भने र जिउँदो छाडे भने यही हातले सब भ्रष्टाचारीलाई जेल हाल्ने हस्ताक्षर गर्ने भन्छन् ।
उनले भनेका थिए,‘यो हातले आज यसमा हस्ताक्षर गरेको छ। यही हातले कयौँ भ्रष्टाचारीलाई थुन्ने कागजमा हस्ताक्षर गर्छ, म बाँचे भनेँ, यिनीहरूले जिउँदो मलाई छाडे भनेँ यो हातले सब भ्रष्टाचारी जतिलाई जेल लानका लागि हस्ताक्षर गर्छ।’ file photo