Logo

चिनियाँ नेता गाङ्गको टोलीसँग प्रचण्डको वैचारिक र भावनात्मक छलफल, स्वागत गर्दा खुशी



काठमाडौं, ३ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं छिङ्हाई प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका छन् ।

आफ्नो निवास खुमलटारमा भएको भेटवार्ताबारे जानकारी दिँदै दाहालले चिनियाँ नेताको टोलीलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताएका छन् । दाहालले चिनियाँ नेताहरुसित वैचारिक र भावनात्मक दुबै कोणबाट महत्त्वपूर्ण छलफल भएको जनाएका छन्।

भेटमा दाहालले नेपालको विकास र राष्ट्रिय स्वाधीनताको पक्षमा चीनले देखाइरहेको तत्परताप्रति धन्यवाद दिंदै विभिन्न समयमा भएका द्विपक्षीय समझदारीहरुको कार्यान्वयनमा जोड दिएका थिए । गत वर्ष आफ्नो चीन भ्रमणका क्रममा भएका महत्त्वपूर्ण समझदारीका विषयमा समेत आन्तरिक राजनीतिक उतारचढावको असर पर्न नदिई कार्यान्वयन गर्नुपर्नेमा जोड दिंदै चीनले पनि सबै समझदारी कार्यान्वयनलाई तीब्रता दिनेछ भन्ने विश्वास लिएको दाहालको भनाई छ ।

भेटवार्तामा माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, पम्फा भुसााल, शक्तिबहादुर बस्नेत र प्रचण्डको स्वकिय सचिव गंगा दाहालको उपस्थिति थियो । यस्तै, चिनियाँ प्रतिनिधिमण्डलमा नेपालका लागि चिनियाँ राजदूत छन् सोङपनि सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्