Logo

पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन



काठमाडौं, कार्तिक ४ । पर्यटन व्यवसायी वसन्त मिश्रको निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा डेंगुको उपचार गराइरहेका मिश्रको ७१ वर्षको उमेरमा आज बिहान निधन भएको हो।

उनको शवलाई अस्पतालबाट कुपन्डोलस्थित निवासमा लगिएको मिश्रका आफन्तले जनाएका छन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।

मिश्र नेपालको एक प्रमुख पर्यटन व्यवसायी हुन् । टेम्पल टाइगर ग्रुप अफ कम्पनीका अध्यक्ष मिश्र सन् १९७० को दशकदेखि नै यो क्षेत्रमा सक्रिय रहदै आएका थिए । मिश्र नेपाल पर्यटन बोर्डका संस्थापक मध्येका एक हुन्।



प्रतिक्रिया दिनुहोस्