Logo

सुनको मूल्य हालसमम्मकै उच्च बिन्दुमा



काठमाडौँ, ४ कात्तिक । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला छ सयले वृद्धि भइ एक लाख ६५ हजार कायम भएको छ ।

महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार चार सयमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य तोलामा ९५ ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय ८० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने दुई हजार ७५ निर्धारण भएको महासङ्घले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्