Logo

पोखरावासीलाई झ्यालमा बसेर रमाईलो हेर्नेभन्दापनि सडकमा आउन रविका सहयोगी बोहोराको अपिल



काठमाडौं, ४ कार्तिक । रास्वपाका नेता दीपक बोहोराले सभापति रवि लामिछानेको न्यायको लागि पोखरावासीलाई सडकमा उत्रिन आह्वान गरेका छन् । उनले सभापति लामिछानेको पक्राउलाई रानजीतिभित्रको जालझेल भनेका छन् । अहिले आफूहरुले न्यायको लडाईं सुरु गरेकोले अब रवि लामिछानेलाई जोगाउनभन्दापनि आफू र आफ्ना सन्तान र दरसन्तानको भविष्य सुरक्षित गर्न सडकमा झर्न उनको अपिल छ ।

बोहोराले फेशबुकमा लेखेका छन्-
पृय पोखराबासी,
रास्वपा सभापति रवि लामिछानेलाई राजनीतिक षड्यन्त्रको सिकार बनाउन यतिबेला पोखरा ल्याइएको छ। यो षड्यन्त्र रविसँगै परिवर्तनको नयाँ आशा र उत्साह निमोठ्नका लागि पनि हो। यो विषय व्यक्तिसँग मात्र होइन हाम्रो आशासँग, भविष्यसँग र देशकै परिवर्तनसँग जोडिएको छ। यो राजनीतिभित्रको जालझेलविरुद्ध र न्याय(अन्यायको लडाइँमा तपाइँहरूको बलियो साथ र ऐक्यबद्धता चाहिएको छ। झ्याल र कौशीमा बसेर रमाइलो हेरेर होइन सडकमै निस्किएर राजीतिक षड्यन्त्र( मुर्दावादु भन्नुपर्ने बेला भएको छ। त्यसैले, रवि लामिछानेलाई जोगाउन होइन आफू र आफ्ना सन्तान(दरसन्तानको भविष्य सुरक्षित गर्न सडकमा झर्नुस्, यो रमिता हेर्न बेला होइन। राज्यले विवेक गुमाएकै बेला हो हामीले विवेक प्रयोग गर्ने।
file photo



प्रतिक्रिया दिनुहोस्