Logo

सहरी विकासमन्त्री सिंहको तीन महिनाको कार्य प्रगति, लक्ष्यभन्दा बढि प्रशाकीय भवन निर्माण सम्पन्न



काठमाडौं, ४ कार्तिक । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सय दिन नपुग्दै २६ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गरेका छन् । मन्त्री सिंहले मन्त्रालय सम्हालेको सय दिनभित्र २५ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने लक्ष्य सार्वजनिक गरेका थिए । अहिले सय दिन नपुग्दै २६ वटा भवन सम्पन्न गरेको मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिए ।

आज (आइतबार) मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सचिव सिंहले सहरी विकास मन्त्रालयले सय दिनमा ११ वटा लक्ष्य लिएकोमा १० वटा पूरा गरेको स्पष्ट पारे । जसअनुसार सय दिनको अवधिमा ५० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएकोमा ४० वटा सम्पन्न गरेको बताए ।

विपद्का कारण बाँकी १० वटा थप्नलाई कठिनाइ भएको बताए । प्राकृतिक विपद्को समयमा समुदायलाई आश्रय स्थल उपलब्ध गराउन चार वटा आपत्कालीन केन्द्र बनाउने निर्णय भएको बताए ।



प्रतिक्रिया दिनुहोस्