Logo

पत्रकार विजय साह पक्राउ गरेको घट्नाप्रति नेपाल पत्रकार महासंघको ध्यानकार्षण



काठमाडौं, ४ कार्तिक । नेपाल पत्रकार महासंघ सिरहा शाखाका सदस्य तथा दस्तक खबरका सञ्चालक विजय साहलाई समाचारको विषयलाई लिएर प्रहरीले पत्रिकाको कार्यालयबाट प्रक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकार्षण जनाएको छ ।

महासंघ मधेस प्रदेश समितिकाअनुसार बडा दसैंको अवसरमा लहानको प्रसिद्ध दुर्गा मन्दिरमा आयोजित मनोरञ्जनात्मक कार्यक्रममा प्रस्तुत गरिएको अश्लील नृत्य र उच्छृंखल कार्यको विषयमा प्रकाशित सामग्रीलाई लिएर इलाका प्रहरी कार्यालय सिरहाका प्रमुख विष्णुप्रसाद सोतीको नेतृत्वमा आएको प्रहरी टोलीले पत्रकार साहलाई पत्रिकाको कार्यालयबाटै प्रक्राउ गरेको महासंघले जनाएको छ ।

महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘समाचारप्रति चित्त नबुझे त्यसउपर प्रेस काउन्सिल नेपालमा उजुरी गर्नसकिने तथा कानुनी प्रक्रियामा जानसकिने विकल्प हुँदाहुँदै पत्रिकाको कार्यालयमा प्रवेश गरी प्रहरीले देखाएको यो व्यवहार प्रेस स्वतन्त्रता र संविधानविरोधी हर्कत हो । महासंघ प्रहरीबाट भएको ज्यादतीको कडा शब्दमा भत्र्सना गर्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइ संविधानप्रदत्त प्रेसको अधिकारको सम्मान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।’



प्रतिक्रिया दिनुहोस्