Logo

कास्कीका सिडिओ र प्रहरी प्रमुखको भूमिकालाई लिएर गृहमन्त्री लेखक फायर, तत्काल फिर्ता बोलाउने गृहकार्य



काठमाडौं, ४ कार्तिक । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि कास्की देशकै राजनीतिको इपिसेन्टर बनेको छ । लामिछानेलाई काठमाडौंमा पक्राउ गरेर कास्की लगिएपछि नै राजनीतिको मुख्य केन्द्र बनेको छ । देशभरिका मिडिया यतिवेला पोखरा केन्द्रित भएका छन् ।

उता, आफ्नो सभापति पक्राउ परेपछि राजनीतिक प्रतिशोधको विरुद्धमा लडाईं लड्ने भन्दै रास्वपाका मुख्य नेतादेखि कार्यकर्ताहरुपनि पोखरामा नै भेला भएका छन् । कास्कीको सुरक्षा अवस्था संवेदेनशील बनेको छ। प्रहरीपनि ठूलो मात्रामा परिचालित छ । कास्कीको प्रशासनिक कमाण्ड सिडिओ भरतमणि पाण्डे र सुरक्षाको कमाण्ड एसपी श्यामबाबु ओलियाले सम्हालेका छन् ।

पाण्डे गत जेठबाट नै कास्कीको सिडिओको रूपमा कार्यरत छन् । एसपी ओलिया भने हालै कास्की पुगेका हुन् । अहिले सिडिओ पाण्डे र एसपी ओलिया केन्द्र सरकारको निगरानीमा परेका छन् । रविलाई आज म्याद थप गर्न जिल्ला अदालत लैजाने क्रममा सुरक्षा कमजोरी भएको केन्द्र सरकारको निश्कर्ष छ । गृहमन्त्री रमेश लेखकले रविलाई अदालत परिसरभित्रै खुला रुपमा बोल्न दिईएकोमा फायर छन् ।

जहाँ लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रोश पोख्नुको साथै ओलीलाई भ्रष्टाचारको जगमा उभिएको नेताको संज्ञा दिएका थिए । यो विषयमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि समन्वय गरेका छन् । गृह मन्त्रालयनिकट उच्च स्रोतकाअनुसार कास्कीका प्रहरी प्रमुख ओलियालाई तत्कालै काठमाडौं तान्नेगरि तयारी भएको छ ।

उता, सिडिओ पाण्डेले पनि जिल्लाको शान्ति तथा सु-व्यवस्था कायम राख्ने सवालमा नेतृत्वदायी भूमिका खेल्न नसक्ने निश्कर्षमा गृह प्रशासन पुगेको छ । उनलाई पनि एसपी ओलियासँगै फिर्ता बोलाउनेगरि गृहकार्य भएको छ । प्रधानमन्त्री ओली आज पार्टीको सचिवालय बैठकमा व्यस्त भएकोले थप निर्णय लिन ढिलाई भएपनि भोलिसम्म यसबारेमा निर्णय लिईसक्ने गृहमन्त्री लेखकको तयारी छ ।

पाण्डे त लामिछाने गृहमन्त्री भएको बेलामा गत जेठमा नै गृहमन्त्रालयमा कार्यररत रहँदानै कास्कीको सिडिओ बनेर पुगेका थिए । उनी चितवनका स्थायीवासी हुन् । चितवन लामिछानेको निर्वाचत क्षेत्र हो । रविले चितवन–२ बाट चुनाव जितेका हुन् । जिल्ला अदालतले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्नको लागि अनुमति दिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्