Logo

प्रधानमन्त्री ओलीसँग विपक्षी दलका नेताहरुको भेटवार्ता राति ८ बजे तय



काठमाडौं, ५ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विपक्षी दलका नेताहरुको भेटवार्ताको समय सरेको छ । यसअघि दिउँसो ४ बजे सिंहदरबारमा भेट तय भएको थियो । तर, विशेष कारणवश सो भेटवार्ता आजै राति ८ बजेको लागि तय भएको आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले जानकारी दिए ।

उनले भने,‘आज हामीले प्रधानमन्त्रीलाई भेट्ने समय सरेको छ । दिउँसो ४ बजे भेट्न भनिएको थियो । सरेर राति ८ बजेको लागि भेटवार्ता तय भएको छ । भेटवार्ता बालुवाटारमा हुने भनिएको छ ।’

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको अग्रसरतामा विपक्षी दलका नेताहरुले प्रधानमन्त्री दाहाललाई भेटेरै ज्ञापनपत्र बुझाउने सहमति गरेको थियो । विपक्षी दलका नेताहरुले सरकार ठीक ढंगले नचलेको र सुशासन प्रत्याभूति गराउन नसकेको निश्कर्ष निकालेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्