Logo

विपक्षी दलका नेताहरुसँग प्रधानमन्त्री ओलीको हार्दिकता, एक एकलाई मुस्कानसहित विदाई गरे



काठमाडौं, ५ कार्तिक । संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा रास्वपाका उपसभापति डिपी अर्याल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आज (सोमबार) साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर भेटेरै ज्ञापनपत्र बुझाएका हुन् ।

प्रधानमन्त्री ओलीलाई बुझाईएको ज्ञापनपत्रमा सरकार सुशासन दिन चुकेको कुरा समावेश गरिएको छ । सरकार गठन गर्दाताका कांग्रेस र एमालेले गरेको सहमतिअनुसार काम गराई र भनाईमा पनि तारतदम्यता नमिलेको विपक्षी दलका नेताहरुको आरोप छ ।

सरकारबाट लोकतन्त्रलाई दुई ठूला दलतन्त्रमा परिणत गर्न खोजिएको र साना दललाई कमजोर गर्न खोजिएको भन्दै अध्यादेश ल्याईए ठीक नहुनेपनि उनीहरुको चेतावनी छ । बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउने कुनै तयारी नभएको स्पष्ट पारेका थिए । बैठक सकिएपछि प्रधानमन्त्री ओलीले सबै नेतालाई एक एक गरी प्रफुल्ल मुद्रामा विदाई गरेको बैठकमा सहभागी नेताले जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस्