Logo

रविको बचाउमा उत्रिएका प्रभु साहले प्रधानमन्त्री ओलीसामू उठाए गौर हत्याकाण्डको विषय



काठमाडौं, ५ कार्तिक । संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा रास्वपाका उपसभापति डिपी अर्याल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आज (सोमबार) साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर भेटेरै ज्ञापनपत्र बुझाएका हुन् ।

बैठकमा आजपाका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री ओलीको भूमिकालाई लिएर आलोचना गरेका थिए । प्रधानमन्त्री ओलीले सरकारलाई समर्थन गर्नेलाई बचाउने काम गरेको र विपक्षमा हुनेहरुलाई कारबाही गरेको भन्दै आफूले आलोचना गरेको साहले जानकारी दिए । उनले ओलीले सुरुमा रवि लामिछानेको बचाउ गरेको दिनको स्मरण गराएका थिए ।

तर, अहिले विपक्षमा हुनेबित्तिकै प्रतिशोध साँध्नेगरि पक्राउ गरिएकोमा साहले प्रधानमन्त्रीको आलोचना गरेका थिए । उनले गौर हत्याकाण्डमा उपेन्द्र यादवलाई किन कारबाही नगरिएको भनेर प्रश्न गरेका थिए । सरकारलाई समर्थन गरेकै कारण उपेन्द्रलाई बोक्ने काम गरेको र विरोधी भएको कारण रविलाई चाहीँ जाक्ने काम गरिएको भन्दै साहले असन्तुष्टि पोखेका थिए ।



प्रतिक्रिया दिनुहोस्