Logo

आजपनि बढ्यो सुनको मूल्य , तोलाको कति पुग्यो ?



काठमाडौं, कार्तिक ६ । साताको तस्रो दिन आजपनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको छ । जुन हाल सम्मै उच्च हो ।

महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी २ हजार ९५ रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस्