Logo

ओली सरकारविरुद्ध प्रचण्ड सडकमा उत्रिँदै, भ्रष्टाचार र बेथितिको आरोप



काठमाडौं, ६ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सरकारविरुद्ध सडकमा उत्रिने भएको छ । अध्यक्ष पुष्पकमल दाहालले नै आज यही कार्तिक १० गते काठमाडौंमा सरकारविरुद्ध खबरदारी सभा गर्ने जानकारी दिएका थिए ।

हिजो (सोमबार) मात्रै विपक्षी दलका नेताहरुको नेतृत्व गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । सो भेटमा विभिन्न १३ बुँदे माग राखेर सरकारलाई ज्ञापनपत्र बुझाईएको थियो । प्रचण्डले सरकारको एक सय दिन पुगेपछि आफ्नो दल विरोधमा उत्रिने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।

आजबाट भने माओवादी पँक्तिले सरकारविरुद्ध गर्ने खबरदारी सभाको प्रचार सामाग्रीपनि सञ्जालमा पोष्ट गर्न थालेको छ । उनीहरुले सार्वजनिक गरेको पोष्टरमा ‘भ्रष्टाचार र बेतिथिको विरुद्ध खबरदारी’ लेखिएको छ । जसमा अध्यक्ष प्रचण्डको ठूलो तस्विर छापिएको छ ।



प्रतिक्रिया दिनुहोस्