Logo

ललितकला, प्रज्ञाप्रतिष्ठानमा एकरुपता हुनुपर्ने



काठमाडौँ, ६ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालयमातहतका प्रतिष्ठानहरूको काममा एकरुपता हुनुपर्नेमा जोड दिएका छन् ।

पर्यटन मन्त्रालयमा आज नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले कतिपय प्रतिष्ठान नाम मात्रैका रहेका, कहीँ कानुनको अभाव र कहीँ भवनको अभाव भएकाले प्रतिष्ठानहरूमा एकरुपता कायम गर्नेगरी व्यवस्थित गर्न अपरिहार्य भएको बताए ।

पर्यटनमन्त्री पाण्डेले कतिपय पालिका, प्रदेश र सङ्घका प्रतिष्ठानहरूबीच तालमेल नभएको बताउँदै प्रतिष्ठानको कार्यमा एकरुपता कायम गर्न केन्द्रका प्रतिष्ठानले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

ललितकला प्रतिष्ठानका कुलपति नारदमणि हातम्छालीले गत आवमा सातवटै प्रदेशमा ललितकला प्रदर्शनी गरिएका र प्रदेश प्रदर्शनीमा एक हजार १० कलाकारले विधागत रूपमा भाग लिएका बताए । उनले गण्डकी, सुदूरपश्चिम र मधेश प्रदेशमा प्राज्ञिक भेला आयोजना गरिएको तथा दाङलाई ‘सेरामिक्स हब’का रूपमा विकास गर्ने सोचका साथ काम भइरहेको जानकारी दिए ।

प्रष्ठिानमा स्थायी कर्मचारीे र बजेट अभावलगायत विषयमा उनले पर्यटनमन्त्रीको ध्यानाकर्षण गराएको थियो । रासस/file photo



प्रतिक्रिया दिनुहोस्