Logo

लापोर्टेको गोलमा अल नासर विजयी



काठमाडौं, कार्तिक ७ । अल नासर एएफसी च्याम्पियन्स लिग अन्तर्गतको खेलमा विजयी भएको छ । गएराति सम्पन्न खेलमा अल नासरले इरानी क्लब इस्टेघलाललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा खेलको ८१औं मिनेटमा आइमेरिक लापोर्टेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो यस सिजनको च्याम्पियन्स लिगमा अल नासरको दोस्रो जित हो । ३ खेलमा ७ अंकसहित अल नासर चौथो स्थानमा रहेको छ । त्यस्तै इस्टेघलालको ३ खेलमा ३ अंक रहेको छ ।

अब अल नासरले च्याम्पियन्स लिगको अर्को खेलमा नोभेम्बर ५ मा यूएईको क्लब अल ऐनसँग खेल्ने तालिका रहेको छ ।



प्रतिक्रिया दिनुहोस्