Logo

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो?



काठमाडौं, कार्तिक ७ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेर एक लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।

अघिल्लो कारोबार दिन मंगलबार छापावाला सुन प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, यो दिन चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला २ हजार १ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी २ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस्