Logo

अर्थतन्त्र सुधारका लागि अध्ययन गर्न गठित उच्चस्तरीय सुझाव आयोगको बैठक बस्दै



काठमाडौं, कार्तिक ७ । अर्थतन्त्र सुधारका लागि अध्ययन गर्न गठित उच्चस्तरीय सुझाव आयोगको पहिलो बैठक आज बस्दैछ। ललितपुरस्थित सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र हरिहरभवनमा अहिले बिहान ११ बजेदेखि सुरु हुन लागेको आजको बैठकमा आयोगको कार्यनीति बनाउनेदेखि प्रतिवेदनको ढाँचा तयार पार्ने बिषयमा छलफल सुरु हुने जनाइएको छ ।

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, अर्थविद् डा. विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनाल लगायत सहभागी हुँदैछन्।

असोज २१ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्वअर्थसचिव रामेश्वर खनालको नेतृत्वमा सुझाव आयोग गठन गर्ने निर्णय गरेको थियो। आयोगले ६ महिनाको कार्यादेश पाएको छ । उक्त समयमा काम नसके थप तीन महिना म्याद थप्न सकिने सरकारले बताएको छ।



प्रतिक्रिया दिनुहोस्