Logo

रिपोर्टर्स नेपाल डटकमको समाचारप्रति मोहरत प्रसाद कुर्मीको खण्डन



काठमाडौं, ७ कार्तिक । लुम्बिनी एकीकृत विकास संस्था, तौलिहवा, कपिलवस्तुले रिपोर्टर्स नेपाल डटकममा गत असोज १७ गते ‘कतार च्यारीटी र इस्लामिक रिलिफ जस्ता मुस्लिम संस्थाको पैसामा कांग्रेस नेता मुसलमानको हालिमुहाली, करोडौं अपचलन’ शीर्षकमा प्रकाशित समाचारलाई लिएर आपत्ति जनाएको छ ।

संस्थाको तर्फबाट मोहरत प्रसाद कुर्मीले समाचारलाई लिएर आपत्ति जनाउँदै उक्त समाचारबाट अध्यक्षको आत्मसम्मानमा आँच पुग्ने काम भएको र चरित्रहत्या गरिएको उल्लेख गरेका छन् ।

उनले पठाएको खण्डनमा कांग्रेस नेता मुसलमानले गरिव, असहाय, अनाथको साथै अति विपन्नका लागि लिडो नेपालद्धारा सरहानीय कार्य गरेको भनेका छन् । सो क्रममा उनले संस्थाले गरेका कार्यका फोटो तथा भिडिओ सामाग्री पनि पेश गरेका छन् ।

यो समाचार बाहिरिएपछि स्वयम कांग्रेस नेता अतहर कमाल मुसलमानले उक्त आरोपमा कुनै सत्यता नभएको बताएका छन् । बरु, उनले आफ्नो कार्यबाट सयौँले रोजगारी पाएको, विपन्न बस्तीहरुमा सिंचाई सुविधा पुगेको, बिभिन्न स्थानमा रोजगारी सिर्जना भएको, शौचालय नभएर रोगब्याधिहरु बढेका बस्तीमा जीवन बचाउने काम भएको, बिभिन्न अस्पतालमा उच्च स्तरका एम्बुलेन्सहरु हस्तान्तरण भएको बताउँदै स्पष्ट पारेका छन् ।

यस्तो छ उनको खण्डनको पूर्णपाठ



प्रतिक्रिया दिनुहोस्