Logo

भ्रष्टाचार नियन्त्रणमा सरकारले ‘क्यामेरालाई होईन, कानूनलाई गुरू’ मानेको छ : प्रधानमन्त्री ओली



सरकारले विकास र सुशासनका लागि काम अघि बढाएकाले भ्रष्टहरुको मोर्चा बन्नु बेग्लै कुरा हो
काठमाडौं, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिनको हल्लाबाजी र सुटिङ् गरेर देखाउने विषय बन्न नहुने बताएका छन् । सरकारको नेतृत्व गरेको १०० दिन पूरा भएको अवसरमा देशवासीको नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले सम्बोधनको क्रममा भने,‘भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिनको हल्लाबाजी र सुटिङ गरेर देखाउने विषय बन्नु हुँदैन् । यसले सुशासनको प्रणालीको रुपमा गति लिनुपर्छ । भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई होईन, कानूनलाई गुरु मानेको छ । भ्रष्टाचारी समातियो भन्ने केही समय हल्ला मच्चिने, तर परिणाममा भ्रष्टाचार बढ्दै जाने खालको अवस्था होईन, परिणाममा भ्रष्टाचार नियन्त्रण हुने कानूनी प्रणाली स्थापित हुने पद्धती बसाल्ने हाम्रो प्राथमिकता छ ।’

आफ्नो सरकारले विकास र सुशासनका लागि सही दिशामा काम अघि बढाएकाले भ्रष्टहरुको मोर्चा बन्नु बेग्लै कुरा भएको प्रधानमन्त्री ओलीको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस्