Logo

साफ महिला च्याम्पियनसिप : आज नेपाल र श्रीलङ्का भिड्दै



काठमाण्डौं, कार्तिक ८ । साफ महिला फुटबल च्याम्पियनशिपमा आज नेपाल र श्रीलङ्का भिड्दैछन् । समूह चरणको अन्तिम खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुन लागेको हो । त्यसअघि आजै दिउँसो साढे १ बजे माल्दिभ्स र भुटान पनि खेल्दैछन् ।

यसअघि मंगलबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलले पराजित गरेको थियो । नेपाल समूह ‘बी’ को शीर्ष स्थानमा छ । पाँच पटकको विजेता भारतलाई पराजित गर्दै बङ्गलादेश साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

मंगलबार भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले हराएर बङ्गलादेश समूह एको शीर्षमा रहँदै सेमिफाइनलमा पुगेको छ भने भारत समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्