Logo

युनाइटेड अजोड इन्स्योरेन्सका सीईओ रावलको निधन



काठमाडौं, कार्तिक ८ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी निर्देशक श्रवण कुमार रावलको ६१ वर्षको उमेरमा निधन भएको छ ।

अन्तर्राष्ट्रिय समावेशी बीमासम्बन्धी कार्यक्रममा भाग लिएर गए राति सकुशल घर फर्केका सीईओ रावललाई एक्कासि असहज भएको थियो । तत्काल अस्पताल पुर्याइए पनि उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको निधन हृदयघातका कारण भएको बताइएको छ ।

बीमा क्षेत्रमा लामो समय बिताएका रावल यसअघि प्रुडेन्सियलमा सीईओ थिए । मर्जरपछि राजीनामा दिएर युनाइटेड अजोड इन्स्योरेन्सम २०८० जेठ २३ गते सीईओ पदमा नियुक्त भएका थिए ।



प्रतिक्रिया दिनुहोस्