Logo

रवि लामिछानेको आँट अदम्य छ, तर सरकार गलाउने दुस्साहस गर्दैछ : स्वर्णिम वाग्ले



काठमाडौं, ८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछानेसँग भेटेका छन् । हिजो (बुधबार) भएको सो भेटमा सभापति लामिछानेले ‘न्यायपालिकाप्रति आशा रहेको तर भरोसा चाहीँ जनताकै हो’ भनेर भनेको पनि वाग्लेले जनाएका छन ।

उनले सभापति लामिछानेको आँट अदम्य रहेको बताए । तर, सरकारले लामिछानेलाई गलाउने दुस्साहस गरेको आरोप लगाएका छन् । उनले आफूहरुले न्यायालयको गरिमामाथि आँट पुग्नेगरि नबोलेको स्पष्ट पारेका छन् । उनले लामिछानेको लागि न्यायको लागि गरिएको आन्दोलनमा गृह प्रशासनको धरपकडको शैली प्रतिशोधपूर्ण रहेको बताएका छन् । उनले सभापति लामिछानेलाई बयान लिन ढिलाई गरिएकोबाट नै आफूहरुले भन्दै आएको राजनीतिक प्रतिशोध साँधिएको कुरा पुष्टि भएको स्पष्ट पारेका छन् ।

सभापति लामिछानेलाई हिरासतमा भेटेपछि वाग्लेले फेशबुकमा यस्तो लेखेका छन्–

आज साँझ कास्की प्रहरीको हिरासतमा रहनुभएका रवि लामिछानेजीसँग भेट्दा उहाँले मलाई यसो भन्नुभयो। उहाँको आँट अदम्य छ। तर सरकार गलाउने दुस्साहस गर्दैछ। सम्मानित न्यायालयका प्रक्रिया र फैसलाहरुप्रति हाम्रो उच्च सम्मान रहन्छ। न्यायालयको गरिमामाथि आँच पुग्ने गरेर बोलेका छैनौं। तर प्रमाण जुटाउने गृह मन्त्रालयको नियत ठिक नदेखिएकोले नै भन्दै आएका छौं (( धरपकडको शैली प्रतिशोधपूर्ण छ। न त भाग्ने, न प्रमाण नष्ट गर्ने सम्भावना। शुक्रवारदेखि पुरा १२५ घण्टा ९६ रात० हिरासतमा राखेर जम्मा पाँच घण्टापनि वयान लिइएको छैन। ुमगाइएका कागज आइपुगेनु भन्दै जबर्जस्ती अनुसन्धान लम्ब्याउने रणनीतिमा सरकार छ। राजनीतिक प्रतिशोध साँधिएको हाम्रो दावी पुष्टि भएको छ।



प्रतिक्रिया दिनुहोस्