Logo

रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा पनि अनुसन्धान अघि बढाईयो



काठमाडौं, ८ कार्तिक । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा पनि अनुसन्धान अघि बढाउने निश्चित् भएको छ । सभापति लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भनेर रास्वपाका नेता तथा कार्यकर्ता आन्दोलित छन् । आजमात्रै कास्की प्रहरीले लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको छ ।

यसअघि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ पूर्जी लिएको प्रहरीले आज (बिहीबार) म्याद थपका लागि जिल्ला अदालत, कास्कीमा उपस्थित गराउँदा भने सम्पत्ति शुद्धीकरणको मुद्धा पनि थपेको छ । यस्तै, लामिछानेलाई बयानको लागि रुपन्देही उपस्थित् गराउने प्रहरीको तयारी छ । file photo



प्रतिक्रिया दिनुहोस्