Logo

रविको हिरासत बसाई लम्बिने निश्चित्, तर कार्यवाहक सभापति कसैलाई दिएनन



काठमाडौं, ९ कार्तिक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासत बसाई लम्बिने निश्चित् भएको छ । सभापति पक्राउ परेलगत्तै रास्वपाका नेता तथा कार्यकर्ता पोखराकेन्द्रित भएर आन्दोलनमा उत्रिएका थिए । तर, सरकारले एकपछि अर्को गरेर मुद्दा थप्दै रविको हिरासत बसाई लम्ब्याउने भएपछि उनीहरु काठमाडौं फर्किएका छन् ।

खासमा रविलाई कास्कीबाट रुपन्देही बयानको लागि लगिने भएको छ । यस्तै, रुपन्देहीको बयान सकिएलगत्तै काठमाडौंपनि ल्याईने प्रहरीको तयारी छ । यहीबेला उनका व्यवसायिक साझेदार जिबी राईले मिडियालाई गोप्य इमेल गरेका छन् । प्रहरीले लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान अघि बढाउने भएको छ ।

लामिछानेको न्यायिक लडाईं लम्बिने निश्चित् भैसकेको छ । तर, पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी भने अहिलेसम्म तोकेका छैनन् । यसअघि कांग्रेसका बालकृष्ण खाँण पक्राउ पर्दा उनको राजीनामा माग भएको थियो । तर, लामिछाने विभिन्न काण्डमा मुछिएर प्रहरीले अनुसन्धान अघि बढाउँदापनि सभापतिबाट राजीनामा दिनु त परै जाओस कार्यवाहक सभापतिपनि तोक्न सकेका छैनन् । यसले रास्वपा पँक्तिमा निराशा छाएको छ । file photo



प्रतिक्रिया दिनुहोस्