Logo

रवि लामिछानेको पक्षमा माईतीघरमा आन्दोलन सुरू



काठमाडौं, ९ कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेर प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको पक्राउविरुद्ध रास्वपाको काठमाडौं केन्द्रीत प्रदर्शन माइतीघरमा सुरु भएको छ ।

यसअघि पोखरामा आन्दोलनमा उत्रिएका रास्वपाका नेता तथा कार्यकर्ताहरु हिजोबाट काठमाडौंकेन्द्रित भएका छन् । पोखरामा आन्दोलन उठ्न नसकेपछि रास्वपाले रणनीति परिवर्तन गरेर आजबाट काठमाडौंमा प्रदर्शन सुरु गरेको हो ।

लामिछानेलाई प्रहरीले भने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणलगायतमा अनुसन्धान गर्ने भन्दै म्याद थपेर अनुसन्धान थालेको छ । कास्कीमा अझै बयान बाँकी नै छ । त्यहाँ बयान सकिनेबित्तिकै रुपन्देही ल्याईने तयारी छ । रुपन्देहीको पनि बयान सकिएपछि काठमाडौंमा पनि बयानको लागि ल्याउने प्रहरीको तयारी छ ।



प्रतिक्रिया दिनुहोस्