Logo

वैदेशिक रोजगारी ठगीमा फरार सुजन आचार्य पक्राउ, कम्बोडियाबाट डिपोर्ट भएका थिए



काठमाडौं, ९ कार्तिक । वैदेशिक रोजगारी ठगीमा फरार रहेका सुजन आचार्य पक्राउ परेका छन् । नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा आचार्य पक्राउ परेका हुन् । उनी कम्बोडियाबाट पक्राउ परी डिपोर्ट भएका थिए । काठमाडौं ओर्लिनेबित्तिकै प्रहरीले एयरपोर्टबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध नेश्नल सेन्ट्रल ब्यूरो काठमाडौंको अनुरोधमा २०८० माघ १९ गते रेड नोटिस जारी भएको थियो । पीडितहरुले यसअघि आचार्यबाट ठगिएको भन्दै रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनसमेत गरेका थिए । उनी पीडितहरुले पत्रकार सम्मेलन गर्दाताका सिंगापुरमा रहेको बताईएको थियो ।

पीडितहरुले आचार्यले सयौंको संख्यामा आफूहरुलाई ठगी गरेको आरोप लगाएका थिए । उनीविरुद्ध सिंगापुर पठाइदिन्छु भन्दै कम्तिमा ४० जना व्यक्तिबाट ५ करोड २ लाख ९४ हजार रुपैयाँ ठगी गरेको आरोप थियो ।



प्रतिक्रिया दिनुहोस्