काठमाडौं । नेकपा एमालेका नेता तथा केन्द्रीय सदस्य विष्णु रिजालले नेकपा माओवादी केन्द्रको ओरालो यात्रा अब कसैले रोक्न नसक्ने टिप्पणी गरेका छन् ।
शनिबार सरकारविरुद्ध माओवादीले काठमाडौंमा खबरदारी सभाको आयोजना गरेको छ । माओवादीको विरोध प्रदर्शन जारी रहँदै उनले आन्दोलनप्रति टिप्पणी गर्दै आजको प्रदर्शनले माओवादीको ओरालो यात्राको श्रृंखला नरोकिने कुरा प्रष्ट भएको बताएका छन् ।
उनले भनेका छन्,’शहरी जनविद्रोह पनि देखिएकै हो । ०७० को निर्वाचनमा शर्मनाक पराजय भएपछिको अदृश्य धाँधलीका विरुद्धुको आन्दोलन पनि देखिएकै हो । आजको जनप्रदर्शन पनि देखियो । आजको जुलुशबाट थप प्रस्ट भएको छ– माओवादीको ओरालो शृंखला यहीँ रोकिनेवाला छैन’ ।