Logo

माओवादी केन्द्रको खबरदारी सभालाई सत्ता गठबन्धनले स्वागत गर्छ : अब्दुल खाँन



काठमाडौं, १० कार्तिक । जनमत पार्टीका उपाध्यक्ष, पूर्वमन्त्री तथा उद्योग समितिका सभापति अब्दुल खाँनले विद्युतको बक्यौताको विषयमा रहेको विवाद सहमतिमै हल गरिनुपर्नेमा जोड दिएका छन् । विद्युतको बक्यौताको विषय विगतमा संसद्मासमेत उठेको स्मरण गर्दै अहिले सबै जिम्मेवार भएर समस्याको समाधान गर्नुपर्ने उनको मत छ । उनले उद्योगको लाईन काटेरमात्रै समस्याको समाधान नहुने स्पष्ट पारे ।

उनले भने,‘अहिलेको उद्योगको लाईन काटिएको विषयमा सबै पक्ष गम्भीर बन्नुपर्छ, उद्योग सञ्चालन हुँदा हजारौं व्यक्तिको रोजीरोटीसँग जोडिएको विषय हो, तर लाईन काटियो भने त्यहाँका श्रमिकको अवस्था के हुन्छ ? यसबारेमा हामी गम्भीर बन्नुपर्छ ।’

सो क्रममा उनले माओवादी केन्द्रले आज गरेको खबरदारी सभालाई सकारात्मक रुपमा लिएको र सत्ता गठबन्धनले स्वागत गर्ने बताए । उनले भने,‘आज माओवादीले खबरदारी सभा गरेको छ, हामी सत्ता गठबन्धलने यो खबरदारीलाई एकदम स्वागत गर्छौं । प्रमुख प्रतिपक्षी दलहरुले सरकारलाई जिम्मेवार बनाउनु स्वागतयोग्य कुरा हो । सरकार तानाशाह हुनुहुँदैन् । सरकारलाई बेला बेलामा प्रतिपक्षले लगाम लगाउनु राम्रो हो । नियमत राम्रो हुनुपर्छ ।’

यस्तै, उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउ प्रकरकणमा पार्टी अध्यक्ष सिके राउतले राउतले एउटा दलको अध्यक्षको हिसाबले अभिव्यक्ति दिएको स्पष्ट पारे । उनले भने,‘राष्ट्रिय दलको अध्यक्षलाई गिरफ्तारी कुन नियतले गरियो ? भनेर लेख्नुभयो । सवल पक्ष के भने सत्ता गठबन्धनमै राउतको अभिव्यक्तिलाई लिएर बैठक बालुवाटारमा बोलाउनुभयो । नेताबीच कुरा भयो । सत्ता गठबन्धनबीच बैठक नहुनु, छलफल नहुनु, मतभेद भएको हो । त्यसकारण समय समयमा नेताबीच छलफल हुनुपर्छ भन्ने कुरा भयो । सत्ता गठबन्धन एकमुख हुनुपर्छ भनेर सहमति भयो । त्यही सहमतिलाई हाम्रो पार्टीले पनि स्विकार गरेको छ । अध्यक्ष राउतले पनि हस्ताक्षर गर्नुभयो । सत्ता घटकमा बसिसकेपछि सत्ता पक्षको हितमा काम गर्ने हो । सत्ताभन्दा बाहिर छैनौं । गठबन्धनभित्रै छौं । साथ र सहयोग रहन्छ ।’

उनले रास्वपाले छानबिन प्रक्रियालाई र न्यायलालाई अवरोध पार्नु गलत भएको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्