Logo

सम्पर्कबिहीन १२ प्रहरीलाई हेडक्वाटारको उर्दी, सात दिन भित्र उपस्थित नभए सेवाबाट हटाइने



काठमाडौं, कार्तिक ११ । नेपाल प्रहरीले दुई जना प्रहरी नायव निरिक्षक (सई) सहित विभिन्न पदका १२ जना कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन उर्दी जारी गरेको छ। प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै सम्पर्कमा नरहेका १२ जना कर्मचारीलाई सात दिनभित्र लिखित जवाफसहित हाजिर हुन उर्दी जारी गरेको हो।

आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ के नियम ११५ को देहाय ९२० बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएका कारण कार्यालयले सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ।



प्रतिक्रिया दिनुहोस्