Logo

तरुण दलको स्थापना दिवसमा चोभारमा वृक्षारोपण, तिहार लगत्तै काभ्रे र ललितपुरमा अस्थायी टहरा बनाइने



काठमाडौं, कार्तिक ११ । नेपाल तरुण दलको ७२ औ स्थापना दिवसमा किर्तिपुर नगरपालिका वार्ड न.६ को सामुदायिक वनमा केन्द्रीय समितिले वृक्षारोपण गरिएको छ । कार्यक्रममा प्रमुख अतिथी महाधिवेशन निर्देशन समितिको संयोजक पार्टिको सहमहामन्त्री डिना उपाध्याय, विशेष अतिथी निवर्तमान तरुण दल अध्यक्ष राष्ट्रिय सभा सांसद जित जङ बस्नेत, नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य सरिता प्रसाई, नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य राजन केसि लगायतको उपस्थिति रहेको थियो ।

नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले अध्यक्षता गरेका वृक्षारोपण कार्यक्रममा उपस्थित प्रमुख अतिथी ,विशेष अतिथी एवं तरुण दल अध्यक्ष विद्वान गुरुङज्यु लगायत केन्द्रिय सदस्यले करिव १३० ओटा विरुवाहरु रोपेका छन् । कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले निलो क्रान्ती भनेर जुन भ्रमहरु अहिले बजारमा छरिएको छ त्यसप्रति टिप्पणी गर्दै वास्तवमा निलो क्रान्ती तरुण दलको झन्डामा अंकित छ र निलोले तरुणको जोश जागरलाई उजागर गरेको बताए ।

अध्यक्ष गुरुङले तिहार लगत्तै काभ्रे र ललितपुरको विभिन्न ठाउमा तरुण दल अस्थायी टहरा बनाउने अभियानमा लाग्नेबारे जानकारी दिदै चैत मसान्त भित्र महाधिवेशन सम्पन्न गर्ने म्यान्डेट अनुसार दलको महाधिवेशन गरि नयाँ नेतृत्व ल्याउने प्रतिवद्धता व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस्